नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या, पुरिएको अवस्थामा शव फेला

नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या, पुरिएको अवस्थामा शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काभ्रेको पनौती नगरपालिका–१२ गागलमा तीन दिनदेखि हराइरहेकी ३० वर्षीया मनीषा घेवा तामाङको शव घरनजिकै पुरिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल शाहका अनुसार घटनास्थलमा प्रहरी पुगेर अहिले शव निकाल्ने काम भइरहेको छ।

स्थानीय वडाध्यक्ष जयराम केसीका अनुसार घरनजिकैको बारीमा पुरिएको शव बाहिर चप्पल देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

मनीषाका श्रीमान् सन्तबहादुर तामाङ यसअघि बलात्कारको मुद्दामा नक्खु कारागारमा ४ वर्षदेखि थुनामा थिए। भदौ २४ गते उनी अन्य कैदीहरूसँगै जेलबाट फरार भएका थिए। सन्तबहादुर फरार रहेका बेला श्रीमतीसँग वादविवाद भएको जानकारी प्रहरीले स्थानीय उद्धृत गर्दै जनाएको छ।

रास्वपाका सभापति रवि लामिछानेसमेत सोही घटनामा कैदीहरूसँगै जेलबाट निस्किएर पुनः फर्किएका थिए तर अझै धेरैजना कैदी फरार रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।