राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा कार्की नियुक्त

राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा कार्की नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशक (प्रमुख) मा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ ।

विभागका वरिष्ठतम अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीलाई रोकेर सरकारले कार्कीलाई नियुक्त गरेको हो ।

आईतबार बसेको मन्त्रिपरिषद् बैठकले विभागको प्रमुखमा कार्कीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

विभागको प्रमुख बन्ने दौडमा कार्कीसँगै ओमप्रकाश जोशी रहेका थिए । विभागका प्रमुख हुतराज थापा अवकाश गएपछि पद रिक्त थियो ।