काठमाण्डु – सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र भएका घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।
आईतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय आयोग बनाएको छ ।
समितिमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका गृहमन्त्री ओमप्रकाश शर्माले जानकारी दिए ।
सरकारले समितिलाई जाँचबुझका लागि ३ महिनाको समय दिएको छ ।




प्रतिक्रिया