नवनियुक्त पाँच मन्त्रीहरूले आज सपथ लिँदै

नवनियुक्त पाँच मन्त्रीहरूले आज सपथ लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएकी छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठक पछि प्रधानमन्त्री कार्कीले नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेकी हुन् ।

अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरिएको छ ।

यस्तै महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रा स्वास्थ्यमन्त्रीका रूपमा सिफारिस गरिएको छ ।

सिफारिस भएका नयाँ मन्त्रीहरुको सपथ सोमबार हुनेछ ।

स्वास्थ्य मन्त्रीमा सिफारिस डा. मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा दिएकी हुन् । यसअघि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक तथा कोशी अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुख भएर काम गरेकी हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन् ।

यस्तै उद्योग तथा भूमिसुधार मन्त्रीमा सिफारिस भएका अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा सिफारिस भएका जगदीश खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन् ।

यस्तै कृषिमन्त्रीमा सिफारिस भएका डा. मदन परियार जलवायु तथा कृषिविज्ञसँगै समता फाउन्डेसनका अध्यक्ष हुन् ।