गृहसचिव गोकर्णमणी दुवाडीलाई हटाउने तयारी

गृहसचिव गोकर्णमणी दुवाडीलाई हटाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – गृहसचिव गोकर्णमणी दुवाडीको चाँडै सरुवा हुने भएको छ। गृहसचिवको रूपमा असफल ठहरिएका दुवाडीको सरुवाबारे प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालबीच छलफल भएको स्रोतले जनाएको छ।

दुवाडी गृहमन्त्री रमेश लेखकको रोजाइमा परेका नेताका “एस म्यान”का रूपमा चिनिन्छन्। उनकै कमजोर नेतृत्वका कारण बानेश्वर-तीनकुनेमा घटना भएको आरोप लागेको छ। बानेश्वर घटनाका कारण गृहमन्त्री लेखक र सचिव दुवाडी दुवै कारबाहीको दायरामा आउने सम्भावना छ।

दुवाडीलाई चाँडै बस्ने मन्त्रिपरिषद्को बैठकले जिम्मेवारीबाट हटाउने तयारी छ। कांग्रेस वा एमालेको सरकार भएको भए उनी मुख्यसचिव बन्ने सम्भावना रहेको स्रोतहरू बताउँछन्।