नवनियुक्त कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण, शासकीय सुधार र बेथिति रोक्ने प्रतिबद्धता

नवनियुक्त कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण, शासकीय सुधार र बेथिति रोक्ने प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन् ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै पदभार निर्वाचनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै शासकीय सुधार र बेथिति रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले भने, ‘चुनाव सबैभन्दा पहिला प्राथमिकतामा राखेर काम गरिनेछ । जसरी पनि हामी यो पूरा गर्नेतर्फ लाग्नुपर्छ । अर्को कुरा शासकीय सुधार गर्न सकिन्छ कि र बेथिति रोक्न भन्ने जुन ‘म्यान्डेट’ छन्, त्यो पूरा गर्न मेरो प्राथमिकता हुनेछ ।’

नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर समेत उनले गरेका छन् ।