एक खुट्टाले नाच्ने सीता : पहिले क्यान्सरले खुट्टा लग्यो अहिले ज्यान

एक खुट्टाले नाच्ने सीता : पहिले क्यान्सरले खुट्टा लग्यो अहिले ज्यान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी शास्त्रीय नृत्यकर्मी सीता सुवेदीको निधन भएको छ।

तीन महिनायता फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनको परिवारले जानकारी दिएको छ।

चितवन मेघौलीमा जन्मिएकी सीताले एउटै खुट्टाले नाचेर आफ्नो छुट्टै परिचय बनाएकी थिइन्।

उनले १२ वर्षको उमेरमा बोन म्यारो क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी थिइन्।