काठमाण्डु– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी फरार भएको केही समयपछि सोमबार साँझ सुन्धरा कारागारमा पुनः उपस्थित भएका छन्।
कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंका अनुसार रायमाझी आफैं स्वेच्छाले कारागार फर्किएका हुन्। भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उनी अन्य कैदीसँगै फरार भएका थिए।
यसै प्रकरणमा थुनामा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डे भने अझै कारागार नफर्किएको चापागाईंले जानकारी दिए। उनका अनुसार फरार कैदीहरूको खोजी भइरहेको छ र कतिपयले आफैं उपस्थित हुने जानकारी पनि गराएका छन्।




प्रतिक्रिया