काठमाण्डु– धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोलामा गएराति ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग १५ घण्टादेखि दुुईतर्फी अवरुद्ध भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार पहिरो हटाउने काम भइरहेको भए पनि आज दिउँसो ३ बजेभित्र सडक सुचारु गर्न नसकिने अनुमान गरिएको छ।
कार्यालयले यात्रु तथा सवारी साधन चालकहरूलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।
सूचनामा ‘पृथ्वी राजमार्ग भएर गोरखा, लमजुङ, पोखरा लगायतका ठाउँमा जाने साना तथा मझौला सवारी साधनहरुले मलेखु (फुर्केखोला) धादिङवेँसी आरुघाट मध्यपहाडी राजमार्ग, गोरखा बजार हुँदै आँबुखैरेनी, मध्यपहाडी राजमार्ग हुँदै डुम्रे तथा उपयुक्त वैकल्पिक बाटो प्रयोग गरि यात्रा गर्नुहुन र अन्य स्थानतर्फ जाने ठूला तथा साना सबै सवारी साधनहरुले सुरक्षा निकायसँगको समन्वय तथा निर्देशनमा लेन अनुशासन कायम गरि अन्य वैकल्पिक मार्गको प्रयोग गर्नुहुन अनुरोध छ।’ भनिएको छ ।





प्रतिक्रिया