रामेश्वर खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

रामेश्वर खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री समेत रहेका रामेश्वर खनालले सं‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि समालेका छन् ।

मंगलबार सिंहदरबारस्थित सं‍घीय मामिला मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि उनले कर्मचारीतन्त्रको आत्मसम्मान भनेको नेपाल सरकारको संयन्त्रले साँच्चिकै डेलिभरी दिनसक्छ भन्ने विश्वास दिलाउन सक्नु रहेको बताए ।

‘कर्मचारीतन्त्रको आत्मासम्मान भनेको नेपाल सरकारको संयन्त्रले साँच्चिकै डेलिभरी दिनसक्छ भन्ने विश्वास दिलाउने नै हो,’ उनले भने ।

आफूहरूको उद्देश्य भनेको देशमा भ्रष्टाचार उन्मूलन गर्ने रहेको बताउँदै उनले सोही अनुरूप काम गर्ने प्रतिबद्धता जनाए ।