काठमाण्डु – व्यापारी दीपक भट्टको प्रभावमा अर्थ मन्त्रालयभित्र काम गर्दै आएको आरोप लाग्ने गरेका राजस्व सचिव दिनेश घिमिरेको सरुवा गरिएको छ ।
अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा आईतबारको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ ।
व्यापारिक स्वार्थमा घिमिरेलाई अर्थ सचिवसम्म बनाउने र प्रभावमा चलाउन पाइने लामो योजना बनाएर अर्थमा भित्र्याइएको स्रोतले जनाएको छ । यस्तो योजनामा अर्थमन्त्री विष्णु पौडेलले सघाएका बताइएको छ ।
आईतबार ४ जना सचिवहरूको सरुवा हुँदा गृह, रक्षा, योजना आयोग र राजस्व सचिव फेरिएका छन् । गृह मन्त्रालयमा रामेश्वर दंगाल, रक्षामा सुमन अर्याललाई सरुवा गरिएको छ । गृह मन्त्रालयका गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।
राजस्व सचिवको स्थान खाली राखिएको छ ।




प्रतिक्रिया