दशैंको शुभकामना दिँदै चालक र यात्रुलाई मन्त्री घिसिङले दिए चार सुझाव

दशैंको शुभकामना दिँदै चालक र यात्रुलाई मन्त्री घिसिङले दिए चार सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चाडपर्वको यात्रा सुरक्षित बनाउन चालक र यात्रु दुवैलाई विभिन्न सुझाव दिएका छन्।

दसैँका लागि काठमाण्डुलगायत शहरबाट आफ्ना घर फर्कने यात्रुहरूको चाप बढिरहेका बेला मन्त्री घिसिङले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत चालकलाई चार र यात्रुलाई सुझाव दिएका हुन्।

उनले लेखेका छन्। ‘तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो। त्यसैले यो पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुहोस्।’

चालकलाई सुझाव दिँदै मन्त्री घिसिङले सुझाव दिँदै लेखेका छन्,‘ गति नियन्त्रणमा राख्नुहोस्, मदिरा सेवन गरेर गाडी नचलाउनुहोस्, विश्राम लिनुहोस्, र यात्रुलाई आफ्नो परिवारझैँ सम्झनु होस् ।’