दृष्टिविहीन गायक बुढाको सर्पको टोकाइबाट मृत्यु

दृष्टिविहीन गायक बुढाको सर्पको टोकाइबाट मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा – सर्पको टोकाइबाट बाजुराका १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिवेणी नगरपालिका चौसाल निवासी सर्जन बुढा छन् ।

४० वर्षीय सर्जनलाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उपप्रमुख कमला कुमारी जैशी न्यौपानेले बताएकी छन् ।

दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो । टोकेपश्चात उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा उनको मृत्यु भएको बताइएको छ ।

चौसाल निवासी स्थानीय कलाकार  समेत रहेका सर्जन बुढा गौरीगंगा नगरपालिकाको राजीपुरमा बस्दै आएका थिए । उनी अशक्त शरीरका साथै नेत्रहीन थिए ।

प्रतिभाशाली कलाकार, सुरिलो स्वरका धनी दृष्टिविहीन गायक सर्पको टोकाइबाट निधन भएकोप्रति त्रिवेणी नगरपालिकाले दु:ख व्यक्त गरेको छ । सर्जन बुढाप्रति भावपुर्ण श्रद्धाञ्जलिसँगै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट समेत गरिएको छ ।