करेन्ट लागेर ३ जनाको मृत्यु

करेन्ट लागेर ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न स्थानमा बुधबार करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ ।

रूपन्देहीको गैडहवा गाँउपालिका–६ कानिजहवा बस्ने ७५ वर्षीय रामरतन सैठवार र उनकै श्रीमती ६८ वर्षीय अकाली सिंह सैठवारको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा रहेको विद्युतीय मोटरको तार प्लकमा जोड्ने क्रममा अकालीलाई करेन्ट लागेको देखेर रामरतनले बचाउने क्रममा दुवै जनाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ ।

प्युठानको ऐरावती गाउँपालिका–६ ओखलढुङ्गा बस्ने ६० वर्षीय रूना सार्कीको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । घर नजिकै रहेको आफ्नै बारीमा लगाएको विद्युतीय तारबाट करेन्ट लागेर उनको मृत्यु भएको छ ।

मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।