काठमाण्डु – काठमाण्डु कोठेश्वरको सेतीओपी मार्गमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले प्रहरी कार्यालय कोटेश्वरलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी चौकीलाई सहकारी संस्थाले विभिन्न सामाग्री हस्तान्तरण गरेको हो ।
संस्थाका अध्यक्ष टेक बहादुर लिम्बु, उपाध्यक्ष पम्फा न्यौपाने, प्रमुख सल्लाहकार चित्रा कुमारी सुब्बा थाम्सुहाङ र प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले सयुक्त रुपमा विभिन्न सामाग्री प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका हुन् ।
संस्थाको सामाजिक हितकोष अन्तर्गत जेनजी आन्दोलनबाट क्षतिग्रस्त प्रहरी चौकीलाई १ लाख १४ हजार बराबरको विभिन्न सामाग्री हस्तान्तरण गरिएको सिईओ कार्कीले जानकारी दिए ।
संस्थाले सामाजिक उतरदायित्व अन्तर्गत स्टील दराज ४ थान, डिभाइडर लाईट २ थान, म्याजिक लाईट ५ थान, ब्याट्री १ प्याकेट, टर्च लाईट २ थान, ह्यन्ड माइक १ थान र युपिएस ३ थान कार्यालयका प्रहरी निरीक्षक यज्ञराज भट्टलाई हस्तान्तरण गरेको हो ।
समुदाय र सदस्य केन्द्रित वित्तीय कारोबार गर्दै आएको संस्थाले समुदायको हरेको गतिविधिमा सहभागी हुँदै आएको जनाएको छ ।
सहकारीको सात सिद्धान्त मध्ये एक समुदायप्रति चासो भन्ने रहेको र सोही अनुसार संस्थाले आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी चौंकीलाई सहयोग गरेको अध्यक्ष लिम्बुले बताए ।




प्रतिक्रिया