मन्त्रिपरिषद् बैठकअघि सुरक्षा समिति बैठक बस्दै

मन्त्रिपरिषद् बैठकअघि सुरक्षा समिति बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – केन्द्रीय सुरक्षा समिति बैठक बस्दैछ । सिंहदरवारमा बस्ने बैठकमा जेन जी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीका विषयमा छलफल हुनेछ ।

बैठकमा सुरक्षा निकायका तीन वटै अंग नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रमुखहरू उपस्थित हुँदैछन् ।

भदौ २३ र २४ गते भएको जेन जीको आन्दोलनपछि पहिलो पटक समितिको बैठक बस्न लागेको हो । बैठकले आन्दोलनको समीक्षा गर्नुका साथै मुलुकको पछिल्लो सुरक्षा अवस्था र भावी रणनीति तय गर्नेछ ।

सुरक्षा समितिको बैठक पछि बिहीबार अपरान्ह मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । मन्त्रिपरिषद् बैठक पछि प्रधानमन्त्री सुशीला कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्नेछिन् ।