नयाँ बानेश्वर प्रहरी वृत्तमा पुनर्निर्माण हुँदै

नयाँ बानेश्वर प्रहरी वृत्तमा पुनर्निर्माण हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नयाँ बानेश्वर प्रहरी वृत्तमा पुनर्निर्माणको कार्य भइरहेको छ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोड भएको नयाँ बानेश्वर प्रहरी वृत्तको पुनर्निर्माण, सरसफाई तथा रंगरोगनको काम भइरहेको छ ।

क्षतिग्रस्त संरचनाहरूको मर्मत तथा सौन्दर्यीकरणको उद्देश्यले प्रहरी प्रशासनको पहलमा वृत्तलाई पुरानै अवस्थामा फर्काउने प्रयासस्वरूप पुनर्निर्माण कार्य भइरहेको छ ।

बिहीबार कार्यालयमा रंगरोगनसँगै फर्निचरहरूको मर्मत र फोहोर हटाउने कार्य पनि भइरहेको छ ।