काठमाण्डु – एशिया कप टी–२० क्रिकेटको सुपर ४ को अन्तिम खेलमा भारतले श्रीलङ्कालाई सुपर ओभरमा हराएको छ ।
गएराति यूएईको दुवईमा भएको खेल सुपर ओभरमा पुगेको थियो । जीतका लागि मात्र ३ रन पाएको भारत पहिलो बलमै विजयी भयो ।
वानिन्दु हसरंगाको पहिलो बलमा भारतका सूर्यकुमार यादवले ३ रन जोडे । त्यसअघि २०३ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अन्तिम ओभरमा श्रीलङ्कालाई १२ रन चाहिएको थियो ।
तर ११ रन मात्रै जोडेपछि सुपर ओभर पुगेको खेलमा श्रीलङ्का पराजित हुन पुग्यो ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । एशिया कप क्रिकेटको उपाधिका लागि आइतबार भारत र पाकिस्तानले खेल्दैछन् ।




प्रतिक्रिया