प्रधानमन्त्री कार्कीले यस वर्ष बडादसैंको टीका-जमरा नलगाउने

प्रधानमन्त्री कार्कीले यस वर्ष बडादसैंको टीका-जमरा नलगाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादसैंमा टीका-जमरा नलगाउने निर्णय गरेकी छन्।

प्रधानमन्त्रीको स्वकीय सचिवालयद्वारा जारी पत्रमा यसबारे जानकारी दिइएको छ। जसमा आफूले नलगाउने र नागरिकहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहने स्पष्ट पारिएको छ।

पत्रमा उल्लेख छ कि हालै सम्पन्न युवापुस्ताको आन्दोलनमा धेरै युवाहरूले ज्यान गुमाएको पीडा सबैको स्मरणमा रहेको छ। यसै कारण प्रधानमन्त्रीले यस वर्ष टीका-जमरा नलगाउने निर्णय लिएकी हुन्।

प्रधानमन्त्रीको कार्यालयले जारी गरेको बयानमा भनिएको छ, “यस वर्षको बडादसैं, देशभरका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका लागि सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै, यस पर्व पारिवारिक मिलन र सामाजिक सद्भाव बढाउने अवसर होस् भन्ने उद्देश्यले हामीले प्रधानमन्त्रीज्यूले टीका–जमरा नलगाउने निर्णय गर्नुभएको जानकारी गराउँछौं।

सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने र देशमा सुशासन कायम राख्ने प्रतिबद्धता पनि दोहोर्याएको छ।”

यसअघि, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि बडादसैंको अवसरमा यस वर्ष आफूले सर्वसाधारणलाई टीका नलगाइदिने घोषणा गरेका छन्।

‘पारिवारिक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौं। हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झै हामीबाट वृहत्तरुपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौं,’ पूर्वराजाले आइतबार दिएको सन्देशमा छ।