विद्युत विकास विभागको महानिर्देशकमा भेटुवाल, नविनराज मन्त्रालय सरुवा

विद्युत विकास विभागको महानिर्देशकमा भेटुवाल, नविनराज मन्त्रालय सरुवा


काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत विकास विभागको महानिर्देशकमा मधुप्रसाद भेटुवाललाई नियुक्त गरेको छ । शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट उनलाई नयाँ जिम्मेवारी दिइएको हो । निर्वतमान महानिर्देशक नविनराज सिंहलाई मन्त्रालयमा वैदेशिक महाशाखाको जिम्मेवारीमा सरुवा गरिएको छ ।

२०७३ असोज १७ गते महानिर्देशक भएका सिंहले २ वर्ष २ महिना २७ उक्त जिम्मेवारीमा रहेर काम गरे । भेटुवाल यसअघि जल तथा ऊर्जा आयोगको सचिवालयमा कार्यरत थिए । उनले यो भन्दा अघि करिब डेढ वर्ष लगानी बोर्ड कार्यालयमा रहेर जिम्मेवारी सम्हालेका थिए । विभागबाटै सेवा प्रवेश गरेका उनी करिब ५ वर्षअघि सहसचिवमा बढुवा भएका थिए ।