सूर्य थापाको टिप्पणी : ‘एमाले छाडेकाहरूले एमालेको फोस्रो चिन्ता गर्नु आवश्यक छैन’

सूर्य थापाको टिप्पणी : ‘एमाले छाडेकाहरूले एमालेको फोस्रो चिन्ता गर्नु आवश्यक छैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता सूर्य थापाले एमाले छाडेर गएका नेताहरूलाई पार्टीको विषयमा अनावश्यक चिन्ता नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत मंगलबार उनले एमालेको नेतृत्व र भविष्यबारे निर्णय गर्ने जिम्मेवारी आफैंलाई भएको उल्लेख गर्दै अन्य दलका नेताहरू वा एमाले छाडेर गएकाले टिप्पणी गर्नु फोस्रो चिन्ता मात्र भएको बताए ।

थापाले लेखेका छन्, ‘नेकपा एमालेका बारेमा समाजवादी, माओवादी, मसाल, कांग्रेस र रास्वपाले कुनै चिन्ता नगरिदिनुस् । यो तपाईंहरूको मतलबको विषय र काम हुँदै होइन । आफ्नै नेतृत्व र भविष्यको चिन्तन र निर्णय गर्न त हामी छँदैछौं र उपयुक्त समयमा संस्थागत प्रक्रियाबाट गरिहाल्छौं ।’

एमाले छाडेर गएकाहरूतर्फ संकेत गर्दै उनले भनेका छन्, ‘उहिले एमाले छाडेर अन्तै हिँडेकाहरूले बेकारमा अहिले किन फोस्रो चिन्ता गरिरहेका होलान् ? यो देख्दा बडो लाजमर्दो र अशोभनीय लाग्दो रहेछ ।’

थापाले यस्ता टिप्पणीलाई व्यंग्यात्मक शैलीमा व्याख्या गर्दै ‘पोइल गइसकेकी श्रीमतीले बिरामी परेको खसामको समाचार सुनेर नक्कली आँसु बगाउने’सँग तुलना गरेका छन् । उनले एमालेप्रति यस्तो चिन्ता देखाउने व्यक्तिहरू नक्कली भएको आरोप लगाउँदै उनीहरूको सामाजिक सञ्जाल गतिविधि प्रस्टसँग अध्ययन गर्न पार्टी सदस्यहरूलाई आग्रह गरेका छन् ।