काठमाण्डु – सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुने भारतीय पर्यटक रहेको खुलेको छ ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा मंगलबार बिहान अवतरणका क्रममा फिस्टल एयर र एयर डाइनस्टीको हेलिकोप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले बताए ।
दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको हो ।
दुर्घटनामा सोही हेलिकप्टरमा सवार भारतीय मूलका न्यूजिल्यान्डका नागरिक शैलेश कृष्ण पटेल घाइते भएका छन् । घाइतेको प्रभु हेलिकप्टरमार्फत उद्धार गरी राजधानीको मेडिसिटी अस्पताल पुर्याइएको छ ।
दुर्घटनामा दुवै हेलिकप्टरका पाइलट सामान्य घाइते भएका छन् । उनीहरू दुवैलाई थप उपचारका लागि काठमाण्डु ल्याइएको छ । मृतक भारतीय पर्यटकको शव लुक्लास्थित अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया