जेन्जी आन्दोलनमा शहीद भएका परिवार भेट्दै प्रधानमन्त्री

जेन्जी आन्दोलनमा शहीद भएका परिवार भेट्दै प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुसीला कार्कीले जेन्जी आन्दोलनमा शहीद भएका परिवारलाई भेट्न जाने भएकी छन्। उनले यस वर्षको बडादशैँमा टीका–जमरा नलगाउने निर्णय गरेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले युवा पुस्ताको आन्दोलनमा धेरै युवाले ज्यान गुमाएको पीडाका कारण टीका नलगाउने निर्णय गरेकी हुन्।

यस क्रममा उनले शहीद सौरन किशोर श्रेष्ठको परिवारलाई बनस्थलीमा, कान्छी नगरकोटीको परिवारलाई नागार्जुन–३ मा र बुद्धि बहादुर तामाङको परिवारलाई कीर्तिपुरमा भेट्ने कार्यक्रम रहेको छ।