काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा ईएपी छनोट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।
टोलीमा कप्तानको जिम्मेवारी रोहित पौडेललाई दिइएको छ भने दिपेन्द्र सिंह ऐरी उपकप्तान हुनेछन् । क्रिकेटर सन्दीप लामिछाने पनि टोलीमा परेका छन् ।
घोषित टोलीमा आसीफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदिल आलम, सुन्दीप जोराआ, आरिफ शेख, ललित राजबंशी, गुलशन झा र लोकेश बम रहेका छन् ।
आगामी छनोट नेपालका लागि महत्त्वपूर्ण मानिएको छ, किनकि यसबाट आगामी विश्वकप यात्रा तय हुने सम्भावना रहनेछ ।




प्रतिक्रिया