प्रहरी आईजीपी खापुङ्गद्वारा दशैंको टीका तथा प्रसाद प्रदान

प्रहरी आईजीपी खापुङ्गद्वारा दशैंको टीका तथा प्रसाद प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले बडादशैं २०८२ को अवसरमा शुक्रबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थितहरूलाई आईजीपी खापुङ्गले टीका तथा जमरा लगाइदिनुका साथै सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ्गले टीका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन् । ईच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनको लागि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्मको समय तोकिएको थियो ।

टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिति थियो ।

टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।