काठमाण्डु – आगामी असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकाले प्रधानमन्त्रीको स्वकीय सचिवालयले सबै तहका विपद् व्यवस्थापन निकायलाई पूर्वतयारी र प्रतिकार्यमा सक्रिय रहन निर्देशन दिएको छ ।
सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई खोज तथा उद्धार, राहत र पुन:स्थापनाका कार्यहरू प्रभावकारी ढंगले सम्पादन गर्न आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना देखिएको छ । यससँगै डुबान, पहिरो र अन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै जोखिमयुक्त क्षेत्रमा बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘डुबान हुन सक्ने स्थानका वासिन्दाले समयमै सुरक्षित ठाउँमा सर्नुपर्ने भएकाले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा गम्भीर बिरामीलाई विशेष प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्ने तयारी गर्न आग्रह गर्दछौं ।’
सचिवालयले नागरिकलाई अनावश्यक यात्रामा ननिस्किन, आधिकारिक निकायले जारी गर्ने सूचनालाई पालना गर्न र सुरक्षात्मक उपायलाई बेवास्ता नगर्न समेत आग्रह गरेको छ ।
यस्तो छ सचिवालयको निर्देशन –





प्रतिक्रिया