कोहिनुर हाउजिङनजिकै खोला किनारको सडक कटान, घर जोखिममा

कोहिनुर हाउजिङनजिकै खोला किनारको सडक कटान, घर जोखिममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शुक्रबार रातिदेखि परेको अविरल पानीका कारण काठमाडौंको सोल्टिमोडस्थित कोहिनुर हाउजिङनजिकै खोला किनारको सडक कटान भएको छ।

काठमाडौँ महानगरपालिका वडा नम्बर-१४, कोहिनुर हाउजिङनजिकै शनिबार बिहान खोलाले सडक कटान गरेपछि छेउका घरहरू जोखिममा परेका छन्।

क्षति रोकथाम गर्न महानगर प्रहरी बल खटाइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। यस्तै सडक कटान भएपछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन भएको छ। अहिले कटान भएको ठाउँमा बाँस राखेर रोक्ने काम भइरहेको छ।