फिदिम – तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ रानीगाउँको कार्तिकेमा भएको बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
दुर्घटनामा ६ जना घाइते भएका छन्, घाइतेहरूलाई उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ । मृतक र घाइतेहरूको पहिचान हुन बाँकी रहेको बताइएको छ ।
ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे१ज ३०५५ नम्बरको जीप सडकबाट करीब ५०० मिटर तल खसेको थियो । दुर्घटनामा ३ महिला र ३ पुरूषको घटनास्थलमै मृत्यु भएको छ ।
घाइतेहरूको उद्धारमा नेपाली सेना वीरदल गण र नेपाल प्रहरी खटिएको छ । ५ घाइतेलाई धरान र १ जनालाई थप उपचारको लागि फिदिम पठाइएको छ ।
मृतकको पहिचान सहितको थप विवरण आउन बाँकी छ ।




प्रतिक्रिया