काठमाण्डु – प्रहरीले जबरजस्तीकरणी गरेको अभियोगमा झापा र उदयपुरबाट ३ जनालाई पक्राउ गरेको छ ।
झापामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–७ तुम्देन चोक बस्ने ३५ वर्षीय राकेश भन्ने युक्फोदेन शेर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
शेर्माले बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।
उदयपुरको २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–६ सोमबारे बस्ने २६ वर्षीय न्युजन राई र २२ वर्षीय भोज कुमार पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया