इलाममा बाढीपहिरोमा मृत्यु हुनेको संख्या ३५ पुग्यो, धेरै बेपत्ता

इलाममा बाढीपहिरोमा मृत्यु हुनेको संख्या ३५ पुग्यो, धेरै बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – अविरल वर्षा र पहिरोका कारण इलाममा मानवीय क्षति लगातार बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हालसम्म ३५ जनाको ज्यान गएको छ ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी कालीदास धौवजीले दिएको जानकारी अनुसार अझै धेरै व्यक्ति बेपत्ता रहेका छन् । सुरक्षाकर्मीको टोली निरन्तर उद्धार कार्यमा सक्रिय छ भने बेपत्ता तथा घाइतेको खोजी–उद्धारमा खटिएको छ ।

धौवजीले भने, ‘अविरल वर्षा र पहिरोका कारण पहुँच मुस्किल भएको स्थानमा उद्धार कार्य चुनौतीपूर्ण छ । सबै प्रभावित क्षेत्रमा तत्काल राहत र सुरक्षा सुनिश्चित गर्न प्रयास जारी छ ।’