काठमाण्डु – गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ ।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जारी गरेको पत्रमा सार्वजनिक सेवा प्रवाहको निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।
परिपत्रमा विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूले सार्वजनिक सेवा सुचारु गराउनु हुन निर्णयानुसार अनुरोध गरिएको छ ।
निर्देशनले विपद्को प्रत्यक्ष प्रभाव वा उच्च जोखिमबाट मुक्त रहेका जिल्लाहरूमा सरकारी सेवा प्रवाहलाई नियमित र सहज बनाउनेछ । यसअघि गृह मन्त्रालयले आईतबार र सोमबार लागू हुने गरी देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।





प्रतिक्रिया