जेनजी आन्दोलनमा भएका फौजदारी कसूरमा अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने

जेनजी आन्दोलनमा भएका फौजदारी कसूरमा अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा काठमाण्डु सहितका विभिन्न भागमा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठन भएको आयोगले कार्य सुरु गरेको छ ।

भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ ले असोज ९ गतेदेखि औपचारिक रूपमा काम सुरु गरेको जनाएको छ ।

आयोगले भौतिक र मानवीय क्षति सम्बन्धी सूचना र निवेदन संकलन गरी त्यसको विश्लेषण गर्दै आवश्यक राय दिने प्रक्रिया अघि बढाइरहेको छ ।

आयोगका सदस्य विज्ञान राज शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोगबाट कार्यादेश बमोजिम राय सहितको प्रतिवेदन प्राप्त भएपश्चात नेपाल सरकारले कानून बमोजिम गर्ने भन्ने गृह मन्त्रालयको असोज ९ गतेको विज्ञप्तिप्रति आयोगको ध्यानाकर्षण भएको छ ।’

आयोगले घटना सम्बन्धी फौजदारी कसूरमा संलग्न जोकोहीमाथि नेपाल सरकारले तत्काल अनुसन्धान र कानूनी कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा आयोगले सम्बन्धित निकायहरूलाई तत्काल अनुसन्धान र कारबाहीका कार्य अघि बढाउन सूचित गरेको उल्लेख छ ।

यस्तो छ विज्ञप्ति –