टी–२० विश्वकप छनोट : आज कुवेतसँग खेल्दै नेपाल

टी–२० विश्वकप छनोट : आज कुवेतसँग खेल्दै नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइसिसी मेन्स टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा आज नेपालले कुवेतसँग खेल्दैछ।

नेपालसहित ९ देश सहभागी रहेको टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा बुधबार नेपाल कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल आज राति ८ः४५ बजे सुरु हुनेछ । समूह ‘बी’मा नेपालसँगै कुवेत र जापान रहेका छन्।

नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ। जापान र नेपाल पहिलो पटक खेल्दैछन् । यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।