सेयर धितो कर्जाको २५ करोडको सीमा हट्यो, बजारमा उछालको सम्भावना

सेयर धितो कर्जाको २५ करोडको सीमा हट्यो, बजारमा उछालको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको एकल ग्राहक सीमा (२५ करोड रुपैयाँ) हटाउने निर्णय गरेको छ।

राष्ट्र बैंकको निर्णयसँगै अब “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आफ्नै जोखिम मूल्यांकन प्रणालीका आधारमा जति पनि सेयर धितो कर्जा प्रवाह गर्न सक्नेछन्।

अर्थ मन्त्रालयले गठन गरेको पूँजी बजार सुधारका लागि गठित कार्यदलले पनि २५ करोडको सीमा हटाउन सिफारिस गरेको थियो। राष्ट्र बैंकले उक्त प्रतिवेदन कार्यान्वयन गर्दै पुरानो व्यवस्था खारेज गरेको हो।

नयाँ सरकार बनेपछि लगातार घट्दै आएको सेयर बजारमा यो निर्णयले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। बुधवार पनि बजारमा ठूलो गिरावट आएको थियो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले सेयर खरिद–बिक्रीमा भोग्दै आएको कठिनाइ सहज बनाएको छ। यससँगै बैंक तथा वित्तीय संस्थाले सेयर खरिद–बिक्रीमा सहभागी हुँदा बजारमा सकारात्मक प्रभाव पर्ने लगानीकर्ताहरूको दाबी छ।

राष्ट्र बैंकको नयाँ नीति सार्वजनिक भएपछि सेयर बजारमा उत्साह र खुशीको माहोल छाएको छ। देशको अर्थतन्त्र सुधारतर्फ राष्ट्र बैंकले चालेको यो कदमलाई ऐतिहासिक र दीर्घकालीन रूपमा लाभदायक मानिएको छ।