काठमाण्डु – नेपाली बजारमा सुनको मूल्यले रेकडब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारको तुलनामा एक तोला सुन एक हजार २०० रुपैयाँले महँगो भएको छ।
बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। बुधबार एक तोला चाँदी २ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएकामा बिहीबार त्यति नै परिमाणको चाँदी ३ हजार २५ रुपैयाँमा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ।
अन्तरराष्ट्रिय बजारमा बिहीबार एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।




प्रतिक्रिया