राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपकुलपति भण्डारीविरुद्ध १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको हो ।

अख्तियारको अनुसन्धानअनुसार डा. भण्डारीले प्रतिष्ठानमा एमआरआई मेसिन खरिदमा घोटाला गरेको प्रमाण फेला परेको छ । यस प्रकरणमा डा. भण्डारीसहित १३ जनालाई प्रतिवादी बनाइएको छ ।

डा. भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी पनि हुन् र हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन कार्यरत छिन् ।

यसअघि बुधबार अख्तियारले पोखराको लिचीबारी घोटाला प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका दुई मन्त्रीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।