राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलले शितलनिवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका छन् ।

भेटमा बाढीपहिरोबाट भएको क्षति, पछिल्लो राजनीतिक घटनाक्रमका साथै फागुन २१ गते हुने निर्वाचनको तयारी लगायतबारे छलफल भएको जनाइएको छ ।