सुनको मूल्यमा व्यापक गिरावट, तोलामा ४ हजार २०० रुपैयाँ घट्यो

सुनको मूल्यमा व्यापक गिरावट, तोलामा ४ हजार २०० रुपैयाँ घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विगत पाँच दिनदेखि लगातार बढिरहेको सुनको मूल्यमा व्यापक कमी आएको छ ।

उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा शुक्रबार व्यापक गिरावट आएको हो। सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सुनको मूल्य शुक्रबार २ लाख ३५ हजार कायम भएको छ। बिहीबार सुनको मूल्य २ लाख ३९ हजार २०० थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

गएको आइतबारदेखि बिहीबारसम्म सुनको मूल्य लगातार बढेको थियो।

बिहीबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेको थियो भने बुधबार प्रतितोला दुई हजार ६ सय रुपैयाँ बढेको थियो।

गएको आइतबार सुनको भाउ तोलामा सात हजार, सोमबार दुई हजार पाँचसय र मंगलबार दुई हजार तीनसय रुपैयाँ बढेको थियो।

चाँदीको मूल्य शुक्रबार पनि बढेको छ। बिहीबार प्रतितोला ३ हजार २५ मा खरिदबिक्री भएको चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेर ३ हजार ८५ पुगेको छ। चाँदीको पनि यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो।