काठमाण्डु – प्रतिनिधिसभा विघटनपछि आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ ।
निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक समेत गरिसकेको छ । आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलनको काम गरिरहेको छ
निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम संकलन गर्न रोक लगाउने कानुनी व्यवस्थालाई सरकारले अध्यादेश मार्फत् हटाइदिएको थियो।
आयोगले १६ वर्ष उमेर पूरा भएका व्यक्तिहरूको मतदाता नामावलीमा नाम संकलन गरिरहेको छ। तर मतदाता नामावलीमा भने फागुन २० गते १८ वर्ष उमेर पूरा भएका व्यक्तिहरूको मात्र नाम आउनेछ। निर्वाचनमा मतदान गर्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने संवैधानिक व्यवस्था छ।
यसका लागि काठमाण्डुलगायत देशभरका युवाहरु मतदाता नामावलीमा नाम दर्ता गराउन थालिसकेका छन् । नाम दर्ता गराउने र गर्नका लागि लाइन बस्नेमा प्रायः युवाको उपस्थिति देखिन्छ ।











प्रतिक्रिया