काठमाण्डु – तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई माटाको पाला बनाउन भ्याइनभ्याई छ ।
यतिबेला भक्तपुरको पोटरी स्क्वाएरका कुमाले समुदाय पाला बनाउन र सुकाउन व्यस्त छन् । तिहार र छठमा बढी प्रयोग गरिने माटोका पाला मात्र नभई कलश, धुपौरो आदि बनाउनमा व्यस्त हुने गर्दछन् ।
तिहारमा घरआँगन झिलिमिली गर्न तथा लक्ष्मीको पूजाअर्चना गर्न माटोको पालाको प्रयोग गरिन्छ ।
पछिल्लो समय माटोको पालामा दीप र तेलबाट जलाउने दीपकभन्दा पनि बिजुलीबाट चल्ने झिलिमिली बत्तीको प्रचलन बढ्दो छ।
यहाँ तयार भएका पालासहित माटोका अन्य सामग्री नारायणगढ, कावासोतीदेखि दुम्किवाससम्म होलसेल र खुद्रामा बिक्री हुने गर्दछ।









प्रतिक्रिया