बङ्गलादेशविरुद्ध एक खेल अगावै अफगानिस्तानले जित्यो एकदिवसीय शृङ्खला

बङ्गलादेशविरुद्ध एक खेल अगावै अफगानिस्तानले जित्यो एकदिवसीय शृङ्खला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बङ्गलादेशविरुद्ध एकदिवसीय शृङ्खला अफगानिस्तानले जितेको छ । तीन खेलको शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको हो । यसअघि भएको पहिलो खेल पनि अफगानिस्तानले पाँच विकेटले जितेको थियो ।

गएराति भएको शृङ्खलाको दोश्रो खेलमा अफगानिस्तानले बङ्गलादेशलाई ८१ रनले हरायो । अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको बङ्गलादेश २८ ओभर तीन बलमा १०९ रनमा अलआउट भयो ।

बङ्गलादेशका तौहिद हरिदीले २४ र सेफ हसनले २२ रन बनाए । अफगानिस्तानका रशिद खानले पाँच विकेट लिए । यस्तै अजमातुल्लाह उमरजाईले तीन र नङ्गेलिया खरोटेले एक विकेट लिए ।

त्यसअघि अबुधाबीमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४४ ओभर पाँच बलमा १९० रनमा अलआउट भएको थियो । अफगानिस्तानका इब्राहिम जाद्रानले ९५ रन बनायो । बङ्गलादेशका मेहदी हसन मिराजले तीन, तन्जिम हसन साकिब र रिशाद हुसेनले दुई तथा तनवीर इस्लामले एक विकेट लिए ।

तीन खेलको एकदिवसीय शृङ्खलाको तेश्रो तथा अन्तिम खेल मङ्गलवार हुनेछ ।

यी दुई टोलले तीन खेलको टी–२० शृङ्खला पनि खेलेका थिए । टी–२० शृङ्खलामा बङ्गलादेशले अफगानिस्तानलाई क्लीन स्वीप गरेको थियो ।