भारतबाट पत्र लेख्दै झलनाथले भने-माओवादीसँगको एकता कुबेलाको बाजा

भारतबाट पत्र लेख्दै झलनाथले भने-माओवादीसँगको एकता कुबेलाको बाजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको तयारी भइरहेका बेला वरिष्ठ नेता झलनाथ खनालले त्यसप्रति कडा आपत्ति जनाएका छन्।

दिल्लीमा उपचाररत खनालकी श्रीमती रविलक्ष्मी जेनजी आन्दोलनका क्रममा जिउँदै जलाइएपछि अस्पतालमा रहेका बेला उनले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्भावित पार्टी एकतालाई कुबेलाका बाजाको संज्ञा दिएका हुन्।

खनालले अहिलेको राजनीतिक परिस्थितिमा पार्टी एकीकरण गर्ने समय र परिस्थिति नभएको स्पष्ट गर्दै यस्तो कदमले पार्टीलाई भड्खालोतिर धकेल्ने चेतावनी दिएका छन्।

उनले भनेका छन् “यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन। गलत बाटो हिँड्दै भड्खालोमा पर्ने वा अरूलाई पार्ने दिशामा नलागौं।”

खनालले पार्टीको चार वर्षे आन्दोलनको गहिरो समीक्षा गर्न, गल्ती–सही छुट्याउन र नवौं राष्ट्रिय महाधिवेशनमा उठाइएका युवा आवाज र कार्यविधिलाई प्राथमिकता दिन आग्रह गरे।

उनका अनुसार अहिलेको आवश्यक कार्यदिशा भनेको सबै क्रान्तिकारी, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिलाई एक ठाउँमा ल्याई बृहत् राष्ट्रिय मोर्चा निर्माण गर्नु हो। उनले प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि पनि यही मोर्चालाई रणनीतिक रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

खनालले भने कुबेलाको सहनाई बजाउने होइन, सिंगो पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रुपान्तरणको ऐतिहासिक यात्रातिर अघि बढ्नुपर्छ।”

यस्ताे छ पत्र :