काठमाण्डु– पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले आज आइतबार पक्राउ गरेको हो ।
सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा महरालाई पक्राउ गरिएको हो ।
२०७९ पुस १० गते, फ्लाई दुबईको एफजेड ०५८७ नम्बरको विमानमार्फत काठमाण्डु आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेशमा ७३ बट्टा (७३० थान भेप) ल्याएका थिए। ती भेपभित्र ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन लुकाइएको पाइएको थियो।
भन्सारका तत्कालीन नासु रेवन्त खड्कालगायतको मिलेमतोमा उक्त सुन बेचिएको खुलेको छ। अनुसन्धानका क्रममा महराले भन्सारमा दबाब दिएको प्रमाण फेला परेको बताइन्छ।
सोही प्रकरणमा उनका छोरा राहुल महरा पक्राउ परेर कारागार चलान भइसकेका थिए।





प्रतिक्रिया