सीके राउतको दाबी-शक्ति केन्द्रले पार्टी फुटायो

सीके राउतको दाबी-शक्ति केन्द्रले पार्टी फुटायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टी कुनै शक्ति केन्द्रको चलखेलमा परेर विभाजन भएको दाबी गरेका छन्।

उनले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पार्टी फुटाउने प्रयास एक वर्षदेखि भइरहे पनि आफूले अहिलेसम्म पार्टी जोगाउँदै ल्याएको बताए।

राउतले जनमत पार्टी विभाजन हुनु कुनै नयाँ घटना नभएको पनि बताए । ‘पार्टी फोड्नेहरूसँग मेरो कुनै गुनासो छैन, बरु भनेको भए माला लगाएरै बिदाइ गर्थेँ’, उनले भनेका छ । पार्टी सत्तामा पुगेपछि नेताहरूमा बढेको महत्त्वाकाङ्क्षाले विवाद उत्पन्न भएको राउतको भनाइ छ ।

राउतले आफूलाई जनतामाथि विश्वास रहेको बताउँदै ‘जनताले जे निर्णय गर्छ, त्यसलाई नै स्विकार्ने उल्लेख गरेका छन् । ‘कोही पार्टी छोडेर गयो भनेर केही फरक पर्दैन’, उनले भनेका छन् ।

विगत एक वर्षदेखि विभिन्न शक्ति केन्द्रले पार्टी फुटाउन प्रयत्न गरिरहेको उनले दाबी गरे । कसैको उक्साहटमा पार्टी विभाजन गरेर धेरै दिनसम्म पार्टीमा टिक्न नसक्ने बताउँदै उनले आफ्नो लागि यो नयाँ कुरा नरहेको बताए ।