काठमाण्डु– मंगलबार एकैदिन सुनको भाउ ८ हजार १ सय रुपैयाँले बढेको छ ।
सोमबार २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य इतिहासकै महङ्गो हो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १०५ रुपैयाँले बढेर ३३२५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया