काठमाण्डु – सर्वोच्च अदालतमा संसद् विघटन र सरकार गठन सम्बन्धी रिट निवेदन दर्ता भएका छन् ।
अदालतले मंगलवारदेखि नियमित कामकाज सञ्चालन गरेसँगै पहिलो दिन ४ वटा रिट निवेदन दर्ता भएका हुन् ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले दर्ता भएका ४ वटै रिट निवेदनको पेशी बुधबारका लागि तोकिएको जानकारी दिए । प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठन प्रक्रिया विरुद्धका १० वटा रिट निवेदन दर्ताका लागि प्राप्त भए पनि हाल अध्ययनकै क्रममा रहेको जनाइएको छ ।
जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको भवनमा आगजनी भएपछि अदालतको नियमित कामकारबाही १ महिनासम्म प्रभावित भएको थियो । मंगलबारदेखि अदालतले पुन: सुनुवाइ प्रक्रिया सुरु गर्दै संयुक्त इजलास सञ्चालन गरेको छ ।




प्रतिक्रिया