विपिन जोशीको निधनले राष्ट्रपति पौडेल स्तब्ध

विपिन जोशीको निधनले राष्ट्रपति पौडेल स्तब्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन् ।

राष्ट्रपतिले जोशी प्यालेष्टेनी समूह हमासको कब्जामा रहेका बेला उनको रिहाइका लागि आफूले पटक–पटक प्रयास गरेको स्मरण गर्दै, अकस्मात् निधनको समाचारले आफू स्तब्ध भएको बताए ।

उनले जोशीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजन र सबै शुभेच्छुकप्रति समवेदना व्यक्त गरेका छन् ।