काठमाण्डु– बुधबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से २२.५८ अंक घटेर परिसुचक परिसूचक २५०५ अंकमा झरेको छ ।
यसदिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ अर्ब १० करोडको भयो ।
आज ४० कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने ५ को स्थिर रह्यो ।
कारोबार रकमका आधारमा यसदिन नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, बुटवल पावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।
समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.९३ प्रतिशत बढ्यो भने समाज लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो ।
आज म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटेका छन् । म्युचुअल फन्ड ०.२४ प्रतिशत बढ्यो । व्यापार सबैभन्दा धेरै २. ०९ प्रतिशत घट्यो ।
बैंकिङ ०.५४, विकास बैंक १.१४, फाइनान्स १.१०, होटल तथा पर्यटन १.०६, हाइड्रोपावर १.१८, लगानी ०.९८, जीवन बीमा ०.७५, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स ०.५६ प्रतिशत घटे । त्यस्तै निर्जीवन बीमा ०.६५ र अन्य समूह १.२२ प्रतिशत घटे ।




प्रतिक्रिया