‘ईःईः’लाई बालेनले भने-तपाईं प्रधानमन्त्री बन्नुस्

‘ईःईः’लाई बालेनले भने-तपाईं प्रधानमन्त्री बन्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामाजिक अभियन्ता ईःईः र काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जाल फेसबुकमा रोचक जुहारी चलेको छ ।

अभियन्ता ईःईःले मेयर शाहलाई एमालेका अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दुर्गा प्रसाईंसँग तुलना गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेपछि मेयर शाहले त्यसको जवाफ फर्काएका हुन् ।

अभियान्ता ईःईःले मध्यरातमा फेसबुकमा एक पोस्ट गर्दै मेयर बालेन शाह, केपी ओली र दुर्गा प्रसाईंको कार्यशैली र राजनीतिक व्यवहारमा धेरै अन्तर नभएको टिप्पणी गरेका थिए ।

उनले लेखेका थिए, ‘समयले मलाई गलत प्रमाणित गरोस् भन्ने आशा सहित यो भन्दै छु–केपी, बालेन, दुर्गा जस्ता पात्रहरू बीच फेस भ्याल्यूमा वैचारिक भिन्नता होला तर राजव्यवहारिक रूपमा धेरै अन्तर छैन । तिनीहरू आफ्नो अटलता र वर्चस्व कायम गर्न जुनैपनि हदसम्म जान तयार हुनसक्छन् ।’

उनले यस्ता पात्रहरूभन्दा विकसित र गतिशील नेतृत्वको लागि समाजमा गम्भीर आत्मसमीक्षा जरुरी रहेको पनि लेखेका छन् ।

ईःईःको उक्त पोस्टमा प्रतिक्रिया जनाउँदै मेयर शाहले पुराना नेताहरू पदमा बसिरहेको अवस्थामा आफूले नयाँ पुस्तालाई अगाडि आउन आग्रह गरेको लेखेका छन् ।

शाहले लेखेका छन्, ‘८० वर्ष पुग्दा पनि आफू प्रधानमन्त्री बन्ने, आफू अध्यक्ष बन्ने देशमा मैले ३५ वर्षकै उमेरमा तपाईंहरू आउनुस्, देश चलाउनुस् भनिरको छु त, ईः सर ! सबै जना मिल्नुस्, बालेनलाई मात्र नेता नसोच्नुस्, तपाईंहरू पनि लिडर बन्नुस् ! म तपाईंलाई प्रधानमन्त्री, पार्टीको अध्यक्ष बनाउन तयार छु, सबै नयाँलाई मिलाएर ल्याउनुस् ! म कार्यकर्ता बन्न तयार छु !’

बालेनले थप लेखेका छन्, ‘देश मलाई नै छोड्ने हो भने त, म, बिना एक जना मन्त्री एक्लै देश बनाईदिन सक्छु, तर यस्तो कुराले म बन्छु, देश बन्दैन !’