विभिन्न २१ निर्माण कम्पनी कालोसूचीमा (नामसहित)

विभिन्न २१ निर्माण कम्पनी कालोसूचीमा (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले विभिन्न २१ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले बिहीबार एक सूचना जारी गर्दै असोज २९ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो ।

सूचना अनुसार तीनवटा कम्पनीलाई दुई वर्षका लागि अरु १९ कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।